काठमाडौँ । म्हेपीस्थित म्हेपी देवी माध्यमिक विद्यालय (द इम्पेरियल एकेडेमी) ले शैक्षिक सत्र २०८३ (सन् २०२६) का लागि नयाँ भर्ना खुला गरेको छ। नयाँ बसपार्क नजिकै अवस्थित यस विद्यालयले गुणस्तरीय शिक्षा, सुदृढ संस्कार र उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको हो।विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै शैक्षिक ज्ञानसँगै नैतिक मूल्य, अनुशासन र जीवनोपयोगी सीप विकासमा विशेष जोड दिँदै आएको छ। “भोलिका नेता, सोच्ने व्यक्ति र नवप्रवर्तनकर्ता निर्माण गर्ने” उद्देश्यसहित सञ्चालन भइरहेको यस विद्यालयले अभिभावक र विद्यार्थीबीच विश्वासिलो शैक्षिक वातावरण निर्माण गर्न सफल भएको जनाएको छ।

प्ले ग्रुपदेखि कक्षा ९ सम्म अध्ययनको व्यवस्था रहेको यस विद्यालयमा आधुनिक तथा प्रयोगात्मक शिक्षण विधि अपनाइएको छ। ‘इ–क्लास’ कार्यक्रममार्फत विद्यार्थीको आवश्यकता र समयअनुसार लचिलो सिकाइको वातावरण प्रदान गरिएको छ भने अनुभवात्मक (Experiential) शिक्षण प्रणालीले सिकाइलाई अझ प्रभावकारी बनाएको छ। विद्यालयले अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने पाठ्यक्रमलाई समेट्दै समयसापेक्ष शिक्षा प्रदान गरिरहेको छ।

विद्यालयका प्रमुख विशेषताहरूमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, कला तथा संगीत स्टुडियो, खेलकुद सुविधा लगायतका पूर्वाधार रहेका छन्। साथै, योग, स्विमिङ, प्रोजेक्टरमार्फत कक्षा सञ्चालन, स्टेज एक्सपोजर जस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र प्रतिभा विकासमा टेवा पुर्‍याउँदै आएको छ। अतिरिक्त क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सहभागी भई पुरस्कार हासिल गर्न सफल हुनु विद्यालयको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।

यहाँ अध्यापन गराउने शिक्षकहरू अनुभवी, तालिमप्राप्त र समर्पित रहेका छन्। प्रत्येक विद्यार्थीको व्यक्तिगत प्रगति र आवश्यकतालाई ध्यानमा राख्दै कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ। विद्यार्थीको रुचि र क्षमता अनुसार प्रोत्साहन दिँदै उनीहरूलाई सही दिशातर्फ मार्गदर्शन गरिन्छ। अनुशासनको जगमा सिर्जनशीलता, सहकार्य, संवाद र सकारात्मक सोच विकास गराउने विद्यालयको प्राथमिकता रहेको छ।विद्यालयले सुरक्षित, सहयोगी र विद्यार्थीमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै अभिभावकको विश्वास जित्दै आएको जनाएको छ। ‘आजको सही शिक्षाले भोलिको सफल जीवन निर्माण गर्छ’ भन्ने विश्वासका साथ विद्यालयले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै भर्ना गराउन आग्रह गरेको छ। सीमित सिट भएकाले चाँडो नाम दर्ता गर्न विद्यालयले अनुरोध गरेको छ।विद्यालयको नाम: म्हेपी देवी माध्यमिक विद्यालयठेगाना: म्हेपी, काठमाडौँ–२६ (नयाँ बसपार्क नजिक)सम्पर्क नम्बर: ९८५११२०३५५, ०१-४९५८७६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *